Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय राजनीतिको गति र मतिअनुसार पाइला चाल्ने भीम रावलको घोषणा

२७ असोज , काठमाडौं । एमाले नेता भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन् । उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

पार्टीमा सधैँ दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए ।

उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, माक्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे ।

अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरूप चल्ने बताए । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै