Comments Add Comment

Advertisment

SKIP THIS

वीरेन्द्रनगरबाट एकजना नक्कली चिकित्सक पक्राउ

२७ असोज , काठमाडौ । सुर्खेतको वीरेन्द्रनगरबाट एकजना नक्कली चिकित्सक पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ बर्षीया डिलबहादुर महतारा पक्राउ परेका हुन्।

वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन्। महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव अनुसार उनी राजी भइन्। तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए।

ती महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। महतारालाई पक्राउ गरेर उनि माथी प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान क्रममा उनले आफू चिकित्सक नभएको स्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै