Comments Add Comment

Advertisment

SKIP THIS

सत्यमोहनको निधनबाट बितेको शताब्दीसँग साक्षात्कार गर्ने अवसर गुम्यो

३० असोज , काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन् ।

उनको निधनबाट अत्यन्त दुःखी भएको भन्दै ओलीले जोशीप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।

ओलीले ट्वीट गर्दै भनेका छन्, ‘ शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।

जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष अध्यक्ष प्रचण्ड लगायतले पनि शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै