३० असोज , काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं.१० मा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखेले चुनाव लड्दै छिन् ।
को हुन् त नेकपा माओवादी केन्द्रकी अन्जना विशंखे ?
वुवा चन्द्र वहादुर विशंखे र आमा आशा पुरकोटी को कोखवाट निम्न मध्यम वर्ग परिवारमा २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मेको म नेपालको कम्युनिस्ट बामपन्थि आन्दोलनमा समाहित महिला दलित उत्पीडित जातीजनजातिहरूको अधिकार प्राप्तीको आंदोलनमा सहभागी हुदै हाल नेकपा ९माओवादी केन्द्र० को तर्फवाट काठमाडौं क्षेत्र न १० को प्रतिनीधि सभा उम्मेदवारको रुपमा तपाईहरुको माझ आएको छु । ३ वर्ष शिक्षण पेशाको अनुभव गरेकी मैले स्नातक तह अध्ययन गरेकोे छु ।
मलाई नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषा ज्ञान छ । जनएकता साप्ताहिकको स्तम्भकार र विभिन्न पत्रपत्रिकाहरुमा १०० वटा भन्दा वढी लेख रचना र अन्तरवार्ताहरु प्रकाशन भएका छन । मैले चाइना , वंग्लादेश ,श्रीलङका, भारत, अमेरीका, व्राजिल, सिंगापुर देशहरुको भ्रमण गरि त्यस देशको विकास र समृद्धि देख्ने मौका पाए र नेपाललाई पनि त्यस स्तरमा पुर्याउने सपना छ ।
२०४५ सालमा नेकपा माले निकट अखिल नेपाल महिला सघं वाट राजनीतिक जीवन सुरु गरेकि मैले २०४७ ने।क्रा।बि। संघको सदस्य २०४८ अ।ने।रा।स्व।बि।यु। पद्ममकन्या कलेज उपाध्यक्ष २०४८ अखिल नेपाल महिला संघ जिल्ला सदस्य २०५० अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य हुदै २०५२ सालमा नेकपा ९एकता केन्द्र ० पार्टीको सदस्यता प्राप्त गरे पश्चात २०५३ पुर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलन मा हाल सम्म रहेको छु ।
२०५४ अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य २०५६ नेकपा ९एकता केन्द्र ०को एरीया समिती २०५७ जिल्ला समिती सदस्य हुदै २०५७ अखिल नेपाल महिला संघ महासचिब भए । नेकपा (एकता केन्द्र मसाल) पार्टीको २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिती सदस्य तथा पुर्वि क्षेत्रीय समिती इन्चार्ज हुदै नेकपा (एकता केन्द्र) २०५९ केन्द्रिय समिती सदस्य भए । नेकपा (एकता केन्द्र ) केन्द्रिय सदस्य भए पछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिती सेक्रेटरी भए ।
एैतिहासकि २०६२र६३ को जनआन्दोलनमा काठमाडौमा घाईते भई गिरफ्तार भए। नेकपा (एकता केन्द्र ) र नेकपा माओवादी एकता पश्चात २०६४ एनेकपा माओवादी केन्द्रिय समिती सदस्य भए । २०६४ देखि २०७० भोजपुरा राज्य समिती सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा नेकपा माओवादी केन्द्र को २०७३ केन्द्रिय समिती सचिवालय सदस्य भए ।
२०७१ सालमा अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासंघको फ्र्याक्सन इन्चार्ज र २०७३ देखि २०७४ साल सम्म प्रदेस नं ३ को कार्यालय सदस्य संगै ललितपुर जिल्लाको इंचार्ज र २०७४ मा सम्पर्क समितिको फ्र्याक्सन इन्चार्ज भए । २०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको विचको एकता पछि वनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रिय समिती सदस्य तथा काठमाडौ जिल्ला समिती सह(ईन्चार्ज भए । २०७८ मा नेकपा विभाजन पश्चात नेकपा (माओवादी केन्द्र)को छोटो समय वागमती प्रदेस समिती सचिव भए ।
२०७८ सालमा भएको नेकपा माओवादी केन्द्रको महाधिवेसन वाट स्थायी समिती सदस्य सहित वागमती प्रदेस समितीको सह ईन्चार्जमा कार्यरत छु । मेरो २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य राजकीय जिम्मेवारी अनुभव रहेको छ ।







