१ कार्तिक , काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक थापालाई ‘योगेन्द्र स्मृति साहसिक’ पुरस्कार प्रदान गरेको छ ।
६७औं प्रहरी दिवसका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले इन्स्पेक्टर थापालाई ‘योगेन्द्र स्मृति साहसिक’ पुरस्कार प्रदान गरेका हुन् ।

साहसिक तथा जोखिमपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीमध्ये वर्षभरीमा एक जनालाई मात्र ‘योगेन्द्र स्मृति साहसिक’ पुरस्कार प्रदान गरिन्छ ।



