(ईश्वर दुलाल) काठमाडौं , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराको कार्यकालको तिन महिना पुरा भएको छ ।
काठमाडौं उपत्यकाको जिम्मेवारी सम्हालेका एसएसपी भरत बोहराले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा विभिन्न जिल्लामा समेत आफ्नो छुट्टै पहिचान बनाएका छन् । कानुन कार्यनयनमा कसैसँग सम्झौता नगर्ने , कसैको भनसुन नसुन्ने र कानुन बमोजिम काम गर्ने उनको पृथक शैली हो । 
जिल्ला प्रहरी कार्यालय काठमाडौं परिसरको नेतृत्व सम्हालेका एसएसपी भरत बोहराले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउने र प्रहरी कर्मचारीको सुविधा अभिबृद्धि गर्ने अभियानको शुरुआत गर्नुभएको छ। 
काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएको । अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै नतिजा हासिल गर्ने काममा ध्यान केन्द्रित भएको एसएसपी बोहरा बताउँछन् । 
देशको राजधानी मानिने काठमाडौंको शान्ति सुरक्षा व्यवस्थापनको पक्ष चुनौतपूर्ण मानिन्छ । अपराध तथा अवैध गतिविधिको अखडा समेत मानिन्छ काठमाडौं । उपत्यकाको शान्ति सुरक्षा सुधारको पक्षलाई प्रहरी अधिकारीहरु भने प्रहरीको सकृय भुमिकाले सुधार आएको दाबी गर्छन् ।
काठमाडौं प्रहरीले अपराधी पुष्टि भइ फरार रहेका अपराधीहरुलाई उल्लेखनीय मात्रामा पक्राउ गरेको बताएको छ । यस्तै काठमाडौंको गुन्डागर्दी लगभग शुन्य अवस्थामा झारेको प्रहरीको दाबी छ । अन्य विभिन्न अपराध तथा आतंकहरुमा पनि न्युनिकरण भएको प्रहरीले बताएको छ । 
रणनैतिक रुपमा थालिएका अभियानहरुले सार्थकता पाउदा काठमाडौंको समग्र शान्ति सुरक्षामा सफलता प्राप्त भएको प्रहरी अधिकारीहरु बताउँछन् । अपराधिक घटना न्यूनिकरण, अपराध अनुसन्धान, अभियुक्तहरुको खोजी लगायतका कार्यमा प्रहरीले उल्लेखनिय सफता हात पारेको बताएको छ ।
एसएसपी भरत बोहराको नेतृत्वपछि छोटो समयमा काठमाडौं प्रहरीले धेरै अपराधीहरु पक्राउ गरेको छ । तस्तै चेरीमा संलग्न ब्याक्ती पक्राउ गर्न प्रहरी सफल रहेको छ । काठमाडौंको विभिन्न ठाउँबाट लागुऔषध कारोबार गर्नेहरु पनि धेरै पक्राउ परेका छन् । 
काठमाडौंमा हुुने हत्या हिंसा, चोरी, डकैति, लुटपाट लगाएतका घटनामाकमी आएको र नागरिकले शान्ति सुरक्षाको अनुभुती गरेको प्रहरीको भनाइ छ । विभिन्न गलत कारोबारमा संलग्न व्यक्तिहरुको पक्राउ , हुण्डीको कारोबार , चेक बाउन्स सम्बन्धी कसुर लगायतका धेरै अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु पछिल्लो समय पक्राउ परेका छन् ।



