Comments Add Comment

Advertisment

SKIP THIS

गयराति दाङको ३ फर्निचर उद्याेगमा आगलागी,करोडौं रुपैयाको क्षती

८ कार्तिक , काठमाडौँ । घाेराहीको फर्निचर उद्याेगमा आगलागी हुदा करोडाैँकाे क्षति भएकाे छ ।

घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्याेग पूर्ण रूपमा क्षति भएका छन् ।

न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग र स्टार दाजुभाई उद्योग गरि तीन वटा फर्निचर उद्योगमा आगलागी भएकाे वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले जानकारी दिनुभएको छ । आगलागीबाट करडाैँकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।

प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेकाे आगाे बिहान साढे ४ बजे नियन्त्रणामा आएकाे थियाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे दमकलको सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे हाे । तिहारमा लक्ष्मीपूजामा बालिएकाे बत्तिका कारण आगलागी भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै