Comments Add Comment

Advertisment

SKIP THIS

कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका सम्राट शेरचन ८ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका एक जनालाई ८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबाट पक्राउ गरेको हो।


कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ १ गते उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका थिए ।

उनीविरूद्ध ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। पक्राउ परेका सम्राटलाई फैसला कार्यान्वयनक‍ा लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै