Comments Add Comment

Advertisment

SKIP THIS

शरद् र इन्दिराको मेहेन्दी उत्सव

२९ जेठ , काठमाडौं । गायिका इन्दिरा जोशीले विवाह गर्ने भएकी छन् । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेको थियो ।

शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले विवाह गर्ने भएको हो । यो जोडीको मेहेन्दी उत्सवको तस्बिर बाहिरिएको छ ।

तस्बिरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । यो जोडीले मेहेन्दीको तस्बिर सार्वजनिक गर्दै विवाहको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै