
१७ असोज , काठमाडौ । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । वृद्धि भएको मूल्यअनुसार आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।





