१२ कात्तिक, काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलको घोषणापत्रमा रेलमार्ग निर्माणको विषय समेटिएपछि असन्तुष्टि जनाएका छन्।
शनिवार झापाको दमकमा एमाले राप्रपाले संयुक्त चुनावी सभामा बोल्दै उनले कांग्रेसले जनतालाई झुक्क्याउने रेलमार्ग निर्माण गरिने घोषणापत्रमा लेखेको बताए।
उनले भने; हामीले पूर्वपश्चिम रेलमार्ग निर्माणको काम अघि बढाउँदा उडाएर हाँस्ने काँग्रेसले नै अहिले आफ्नो घोषणापत्रमा जनतालाई झुक्क्याउन रेलमार्ग निर्माण गरिने लेखेछ। त्यो हामीले गरेका हौँ। अहिले रेलमार्गको जग्गाको मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनै लाग्दा हाम्रो सरकार ढालेका थिए।
ठूलो चुनौतीका बीच पनि छोटो समयमा आफ्नो नेतृत्वको सरकारले अस्वाभाविक विकास निर्माण गरेको दाबी गरे । उनले देशको विकास गर्नका लागि अब एमालेको नेतृत्वको सरकार निर्माण गर्न आवश्यक रहेको प्रष्ट पारे ।
गठबन्धनको सरकार अनैतिक र अप्राकृतिक ढंगबाट भ्रष्टाचार र कमिशनखोरहरुको चङ्गुलबाट चलिरहेको आरोप लगाए ।


