Comments Add Comment

Advertisment

SKIP THIS

कंगो भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो

१४ कार्तिक , काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताएका छन् । ‘दुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दर्शकका कारण उक्त दुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरूले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ । उनीहरुलाई सजाय दिनुपर्छ’, ओकिटोले भनेका छन् । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो ।

यसै महिनाको सुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए भने हालै दक्षिण कोरियामा भएको भागदौडमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै