
१७ असोज , काठमाडौ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, वृति विकास निर्देशनालय तालिम सम्पन्न भएको छ ।


उक्त महाशाखाको चलानी नंम्बर ६१७ मिति २०७८/०६/१२ गतेको पत्र आदेशानुसार यस तालिम केन्द्र र यस तालिम केन्द्र मातहत प्रहरी प्रशिक्षण स्थल बुडर डोटी,सुदूरपश्चिम प्रदेश सशत्र प्रहरी गण मुख्य कार्यलय धनगढी, सुदूरपश्चिम प्रदेश द.नि.प्र. गण महेन्द्रनगरमा संचालन गरिएको प्रहरी जवान आधारभुत तालिम ११-८१ औं समुहको आज मिति २०७८/०६/१७ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द ठकुरी ज्यूले समुदघाटन गर्नुभई सहभागि प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।


तालिम सह-संयोजक प्रहरी निरीक्षक केशब बहादुर खड्काले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

उक्त तालिममा यस तालिम केन्द्रमा १०१ जना महिला र २९८ जना पुरुष गरी ३९९ जना, प्रहरी प्रशिक्षण स्थल वुडरमा ३०० जना, सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यलय धनगढीमा १०० जना, सुदूरपश्चिम प्रदेश द.नि.प्र. गण महेन्द्रनगरमा १०० जना गरि जम्मा ८९९ जना प्रशिक्षार्थीहरु सहभागिभएका छन् ।




