Comments Add Comment

Advertisment

SKIP THIS

२८औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०७९ उद्‍घाटन

२१ मंसिर , काठमाडौ । नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २८औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०७९ को प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने चर्चा गर्दै विद्यार्थीलाई गतिशिल र सिर्जनात्मक बनाउन शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप र सह(शिक्षात्मक गतिविधिमा समेत सहभागिता गराउनुपर्ने बताउनुभयो ।

विद्यार्थीहरूले खेलकुदका साथै आफ्नो अध्ययनलाई पनि मेहनतका साथ निरन्तर अघि बढाउँदै लैजानु पर्ने उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले विद्यालयले आफ्नो शैक्षिक तथा अन्य गतिविधिलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका सबै खेलहरू अनुशासित, रोमान्चक, प्रतिस्पर्धात्मक र मर्यादित रूपमा संचालन हुने विश्वास व्यक्त गर्दै उहाँले सहभागी विद्यालयका सबै टीमलाई शुभकामना समेत दिनुभयो ।

सोही विद्यालयका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा स्कुलका विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपाल पुलिस स्कुल साँगाका ए टीमले बेलोर ईन्टरनेश्नल स्कुल बनेपालाई ५ का विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टीमको सहभागिता रहेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै