Comments Add Comment

Advertisment

SKIP THIS

आयोगले सोध्यो ७१ जना उम्मेदवारलाई स्पष्टीकरण

१६ कार्तिक , काठमाडौं । कुनैपनि उम्मेदवारले निर्वाचन क्षेत्रमा सभा सम्मेलन आयोजना गर्न मञ्च बनाउँदा लागेको खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार आयोगको पत्रकार सम्मेलनमा जुनसुकै उम्मेदवारहरूले चुनावी क्षेत्रमा चुनावी सभा सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको जानकारी दिए ।

साथै उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने बताए । आयोगले असोज १२ देखि अहिलेसम्म निर्वाचन आचारसंहिता विपरीत गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको पनि बताए ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै