Comments Add Comment

Advertisment

SKIP THIS

बालबालिकाको रेखदेखमा उचित ध्यान पुर्‍याउन काठमाडौं प्रहरीको अनुरोध

१७ कार्तिक , काठमाडौं । काठमाडौंको लाजिम्पाटमा स्‍कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएपछि प्रहरीले बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५मा अध्ययनरत १३ वर्षीय बालकको उपचारको क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको हो। उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसरी दुर्घटना हुनबाट जोगिन बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको हो।

‘बालबालिका हाम्रा वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्‍याउन पर्ने हुन्छ। सानो असावधानीले मात्रपनि ठूलो घटना घट्न जाने हुन्छ,’ परिसरले भनेको छ, ‘तसर्थ, सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन हुन समेत यस परिसर अनुरोध गर्दछ।’

यस्तै कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनको पलना गरी कुनै पनि घटना हुनबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले अनुरोध गरेको छ।

बुधबार दिउँसो साढे ३ बजे स्कुल छुट्‍टी भएपछि घर जान बा १ क ४६४२ नम्बरको बसको अन्तिम सिटमा ती बालक बसेका थिए। बस गुडेपछि उनले झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

यस घटनाको अनुसन्धान प्रहरी वृत्त दरबारमार्गले गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै