Comments Add Comment

Advertisment

SKIP THIS

गोरखा-२ का राप्रपाका प्रदेशसभा उम्मेदवार सुबोध बस्नेत माओवादीमा प्रवेश

१८ कात्तिक, काठमाडौं । गोर्खा–२ प्रदेशसभा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुबोध बस्नेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादीमा प्रवेश गरेको बताएका हुन् ।

नेपालको राजनीतिको सही निकास वाम–लोकतान्त्रिक गठबन्धनले मात्र दिनसक्ने बताउँदै उनले भने, ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिनदेखि मेरो उम्मेदवारी निष्क्रिय बनाइ माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ।’

उनले गोरखा २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन आफू लागिपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै