Comments Add Comment

Advertisment

SKIP THIS

ट्याङ्काको सुनमा लोभिए बले र मुन्नी

१८ असोज , काठमाडौ । गायक सचिन रौनियारको स्वरमा रहेको नयाँ गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ ।

गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत छ । गीतमा सचिनलाई गायनमा गायिका रचना रिमालले साथ दिएकी छन् ।

भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का सागर लम्साल ‘बले’ र प्रियना आचार्य ‘मुन्नी’ फिचर्ड छन् । भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ ।

भिडियोलाई एम ८ म्युजिक फ्याक्ट्रीनामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://youtu.be/z5XB-14jsfU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै