Comments Add Comment

Advertisment

SKIP THIS

हराएका २१ मोटरसाइकल फेला परी “एसएसपी” जनक भट्टराईले सम्बन्धित धनीलाई जिम्मा लगाए

१९ असोज , काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २१ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २१ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन ।

मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी जनक भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

उनले सवारी साधनको चोरी न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र सम्बन्धित धनीहरुले समेत सुरक्षाका उपाय र सजक रहनु पर्ने बताए ।

कसरी चोरिन्छ त मोटरसाइकल ?

चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छन् रु कसरी चोरिन्छ रु तपाईको मनमा जिज्ञासा उठ्न सक्छ ।

ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधी निग्रानी गर्ने, मौकाको खोजि गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन भने संलग्न सदस्यहरुको आ(आफ्नै भुमिका हुने गर्दछ ।

चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै