Comments Add Comment

Advertisment

SKIP THIS

डडेलधुरामा चुनाव प्रचारप्रसार गर्न रोक लगाइएको भन्दै सागर ढकालको हारगुहार

२१ कात्तिक , काठमाडौ । डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको जिकिर गरेका छन् ।

सबै प्रशासन देउवाको मुनि रहेको उल्लेख गर्दै उनले जनता गुहार्नुबाहेक आफ्नो सामू अरु विकल्प नभएको बताएका छन् ।

मलाई जोगाइदिनुस्– जता गुहार्नु बाहेक केही बाँकी रहेन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ।’

उनले आफूलाई प्रचारप्रसारमा डडेलधुरामा रोक लगाइएको दाबी गर्दै अगाडि भनेका छन्, ‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै