Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट

२३ कात्तिक , काठमाडौ । गत सोमवारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले गिरावट भएको छ । बुधवार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । बुधबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत,अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७।४२ प्रतिशत बढेको छ । मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २।२२ प्रतिशत बढेको छ । तर यता एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment