Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी जनक भट्टराईद्वारा उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरी निरीक्षक र असई पृरस्कृत

१९ असोज , काठमाडौ । एसएसपी भट्टराईले ट्राफिक प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै  उपत्यका भरीका ट्राफिक प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

एसएसपी जनक भट्टराईले ट्राफिक प्रहरीमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी र प्रहरी सहायक निरीक्षक गोपाल तामाङलाई पुरस्कार दिएका छन् ।

ट्राफिक प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले विभागिय मुल्य(मान्यता,आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरि काठमाडौं उपत्यकाको ट्राफिक बेवास्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले भोलामानलाई एसएसपी भट्टराईले तीनपुस्तेमा जनिने गरी प्रमाणपत्र र एक हजार रूपैयाँ पुरस्कार दिएका हुन् ।

असई गोपाल तामाङ महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाईमा कार्यरत रहेका छन् ।

काठमाडौ उपत्यकाबाट हराएका तथा चोरी भएका सवारी साधन खोजतलास गर्ने तथा सवारी साधन चोरी गर्न संलग्न हुने व्यक्तिलाई नियन्त्रणमा लिने असई गोपाल तामाङलाई एसएसपी भट्टराईले तीनपुस्तेमा जनिने गरी प्रमाणपत्र र एक हजार रूपैयाँ पुरस्कार दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै