Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

२५ जेठ , काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ । दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आईडी कार्ड), जागिररविद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

हेर्नुहोस् भारतीय दूतावासको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै