Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रधान कार्यालयबाट (प्रहरी हवल्दार)निलिमा खनाललाई प्रशंसा पत्रले सम्मानित

२० असोज , काठमाडौ । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा (प्रहरी हवल्दार) निलिमा खनाललाई प्रहरी प्रधान कार्यालयले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाडी चितवन कार्यालयमा कार्यरत प्रहरी हवल्दार निलिमा खनालले नेपाल प्रहरीमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक र क्षमता प्रर्दशन गरी सहानिय कार्य गर्दैे आउनु भएकाले खनाललाई प्रहरी प्रधान कार्यालयले सर्वोत्कृष्ट प्रहरी सहित सम्मान गरीएको हो ।

विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय रत्ननगर टाडी चितवनमा कार्यरत प्रहरी हवल्दार निलिमा खनालाई प्रहरी प्रधान कार्यालयले प्रशंसा पत्र दिई उच्च मनोबल बढाउन हौशला समेत प्रधान गरेको छ ।

“खनालका अनुसार” “म र मेरो स्वास रहुन्जेल नेपाल प्रहरीका हितका लागी लडिरहन्छु र दुखी पिडितलाई आफ्नो न्याय दिलाउन समेत सधैब साथ र सर्पोट गर्ने छु । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment