Comments Add Comment

Advertisment

SKIP THIS

राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा

३० कार्तिक , काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका-११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो ।

विभागले झण्डै २५ लाख बिगो र सजाय हुने बिगो २५ लाख गरी झण्डै ५० लाखको असूलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै विभागले दर्ता गरेको आरोपपत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधान पनि जफत गर्न माग गरेको छ । विश्वकर्माले सञ्चालन गर्दै आएको प्रदेश २-०३-००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठूलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरूले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ । सोही ऐनको दफा ४ (क), (ख)र (झ) बमोजिम राजस्व चुहावटको कसूर गरेको पुष्टि हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै