Comments Add Comment

Advertisment

SKIP THIS

करारमा शिक्षक भर्ना अगाडि बढाएपछि स्पष्टीकरण सोधियो

२ मंसिर , काठमाडौँ । निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ।

गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टीकरण सोधिएको हो। आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ।

‘निर्वाचन आचारसंहिता, ०७९ लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता विपरीत हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? आयोगले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै