Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका ट्राफिक प्रहरीद्वारा पासबिना चलाएका सवारीसाधन दिनभर होल्ड, ३८ ठाउँमा चेकिङ

काठमाडौं , उपत्यका ट्राफिक प्रहरीले निर्वाचनको दिन पास विना चलाएका सवारी साधन दिनभर होल्डमा राखिएका छन् । आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्दै पास विना चलाएका ठुला-साना गरेर १२२८ वटा सवारीलाई होल्ड गरेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।                                                                         

मतदानको दिन आज काठमाडौंका सडक सुनसान देखिएका छन्। कहि कतकतै भने चलिरहेका छन्। ट्राफिक प्रहरीले चेक गर्दै पास नभएका सवारीसाधनलाई होल्ड गरेर राख्दै आएको छ ।

यसरी होल्ड गरिएका सवारीसाधन बेलुका सात बजेपछिमात्रै छाडिने एसएसपी भट्टले बताएका छन् । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि आज काठमाडौंका सडक सुनसान देखिएका छन्।                                                                         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै