काठमाडौं । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै प्रहरी आईजीपी धिरज प्रताप सिंहले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन् । आईजीपी धिरज प्रताप सिंहले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् ।

‘मुलुकभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पारेको आईजीपी सिंहले बताएका छन् ।’

आईजीपी सिंहका अनुसार अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए। मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरू गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरू भइसकेको बताए।

आईजीपी सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए। मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको पनि सिंहले बताए ।





