Comments Add Comment

Advertisment

SKIP THIS

‘बहकिने मन’का कार्यक्रम सञ्चालक विश्वकर्माको सवारी दुर्घटनामा निधन

६ मंसिर , काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ ।

चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ ।

दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वकर्मा चढेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । माइक्रोबसमा रहेका थप ५ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै