Comments Add Comment

Advertisment

SKIP THIS

झापा ४ मा एमालेका एलपी साँवा दोस्रोपटक विजयी

८ मंसिर , काठमाडौँ । प्रतिनिधिसभामा झापा निर्वाचन क्षेत्र–४ मा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ मतले पराजित गरेका हुन् । साँवाले २९ हजार तीन सय १५ मत पाए भने थेवेले २२ हजार चार सय ४८ मत प्राप्त गरे ।

साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै