
२३ असोज , काठमाडौ । भाडाकारमा छुटेको सामान ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तानतरण गरिएको छ ।

काठमाडौ जिल्ला गौशाला देखि घट्टेकुलो सम्म यात्रा गर्ने क्रममा बा २ ज ४७९५ नम्बरको भाडाकारमा नगद रुपैया सहित सुन लगाएत अन्य सामानहरु को लेडिज झोला छुटेको ठाउमा फेला परेको हो

उक्त झोलालाई दुर्गा कृष्ण पोखरेलले दिनु भएको लिखित निवेदनका आधारमा खोजतलास शाखाको सकृयतामा तत्काल खोजतलास गरी उक्त सामानको सम्बन्धित धनिलाई यहि २२ गते महानगरीय ट्राफिक प्रहरी महाशाखामाका प्रहरी इन्द्र जित इट्रनीले हस्तानतरण गरेका छन् ।






