१० मंसिर , काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको छ ।
उहाँले चुनावमा धाँधली भएको भन्दै मतगणना बहिस्कार गर्नुभएको हो । आफ्नो क्षेत्रमा पुनः मतदान गर्न उहाँले माग गर्नुभएको छ । यसबारेमा निर्वाचन आयोगलाई जानकारी दिइसकेको र पत्रकार सम्मलेन गरेर मतगणनामा सहभागी नहुने जानकारी दिने खनाल निकट नेता कार्यक्रताले बताएका छन् । सुरुदेखि नै मतगणनामा गडबड भएको खनालको आरोप छ ।
जारी मतगणनामा खनाललाई एमालेका महेश बस्नेतले ३ हजार मतले पछि पानुएभएको छ । बस्नेतसंग हार्ने भएपछि खनालले मतगणना बहिस्कार गर्नुभएको एमालेका कार्यकर्ताले जनाएका छन ।








