
२३ असोज , काठमाडौ । सामान्यतया अरु कारणले सडक अबरुद्ध भएपछि अबरोध हटाएर सडक सुचारु गर्नुपर्ने काम सडक विभा ,तथा स्थानीय सरकारको हो । तर सडक विभागको काम ट्राफिकले गर्दै छ । ट्राफिक प्रहरी हातमा विभिन्न सामाग्री लिएर कैले जलमग्न सडक खुलाउने काममा ब्यस्त हुन्छ त कैले खाल्डा खुल्डीले पुर्नी काम मा ब्यस्त हुन्छन् ।


सडकमा भएका खल्डा खुल्डी पुर्नलाई सडक विभाग,तथा स्थानीय सरकारले सडक बनाउने कुनै चासो देखाएको छैन । यो खाल्डोले जनता आजीत भएको र दुर्घटना पनि भएको छ। ठूला गाडीको पछाडि हिड्ने मोटरसाईकल, स्कुटर, खाल्टाखुल्टिमा परेर समान्य दुर्घटना भएको छ। रातको समयमा ठुलो दुर्घटना नहोला भन्न सकिदैन यतिबेला सम्म न सडक विभाग देखियो त्यो क्षेत्रमा न महानगरपालिका देखियो । “क्षणभरमै ताल बनेको सडक खुलाउन ट्राफिकहरु पानी पानी काम गरिरहदा सडक विभाग र स्थानीय सरकार बेखबर हुनु गैरजिम्मेवारीको पराकाष्ठा नै हो ।”


सडक मर्मतसम्भार गर्ने काम सडक विभाग तथा महानगरपालिका ,नगरपालिका तथा स्थानीय सरकारको भए पनि बिग्रे भत्केको ठाउँमा सम्बन्धित पक्षको चासो नदिएको देखिएको छ । राजधानी जस्तो व्यस्त शहरमा खल्डा खुल्डीमा पानी परेको बेलामा यातायात अबरुद्ध हुनु आफैंमा लाजमर्दो विषय भएको र यस्तो सडकमा यात्रा गरिरहेका यात्रुको गुनासो दिनानु दिन बढ्रदो छ र सडक विभाग लापता भएको छ ।
“एसएपी” जनक भट्टराईका अनुसार “सडक विभागले भत्किएका सडकहरु समयमै नबनाउदा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवथापनमा समस्या आउने र जाम धेरै हुने, सवारी साधन प्रयोगकर्ताको गुनासो आउने भएकाले अहिले उपत्यकाका ट्राफिक प्रहरी आफैल स्रोत सामाग्रीे ल्याएर भत्किएका सडक बनाउन थालेका छन् । “









