Comments Add Comment

Advertisment

SKIP THIS

अशोक राईको जितमा ‘लात मारेर हिँडेको पार्टी’ एमालेको योगदान

१२ मंसिर , काठमााडौं । अघिल्लो निर्वाचनमा पराजित भएको क्षेत्र सुनसरी–१ बाटै जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै अशोक निर्वाचित भएका हुन् । माओवादीका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो र एमालेका बागी मनोज मेन्याङ्बो धेरै पछि परे । तर, अशोकको जितमा रमाइलो संयोग जोडियो ।

संविधान निर्माणमा पार्टीले खेलेको भूमिकामा असन्तुष्टि जनाउँदै २०६९ लामा एमालेबाट विद्रोह गर्दै अशोकले संघीय समाजवादी पार्टी खेलेका थिए । त्यसयता एमाले र अशोकको पार्टीबीच औपचारिकता बाहेक कुनै सम्बन्ध छैन । तर, यसपटकको निर्वाचनमा अनपेक्षित सम्बन्ध बन्यो ।

सत्ता गठबन्धनमा रहँदै आएको अशोकको दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) मनोनयनको आखिरी घडिमा एमालेसँग तालमेल गर्ने अवस्थामा पुग्यो । सुनसरी–१ एमाले एमालेसँगको तालमेलको आधारमा अशोकले टिकट पाए । र, टुटेको संसदीय यात्रा जोड्न सफल भए ।

अशोकलाई यसपटक पनि चुनाव जित्न सहज थिएन । तर, लामो समय सुनसरीमा रजगज गरेको एमालेको साथ पाउँदा अशोकले जित हात पारे । संयोग यस्तो भयो, आफैले ताल मारेर हिँडेको पार्टीको साथमा अशोकले चुनाव जित्नुपर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै