Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री शेरबहादुर देउवाले दिए आईजीपीद्वय धिरजप्रताप सिंह र राजु अर्याललाई विशेष धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई बालुवाटार बोलाएर विशेष धन्यवाद दिएका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् ।                                                                                                                         

त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ पनि गरेका थिए ।

स्रोतका अनुसार आईजीपी सिंहले चुनावका दिन १४ जिल्लामा २२२ राउण्ड गोली चलेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा ४८ राउण्ड अश्रूग्याँस प्रहार गरिएको थियो ।

स्रोतका अनुसार चुनावका दिन बाजुरामा एकजनाको मृत्यु भएको विषयमा प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए ।                                                                                             

जवाफमा आईजीपी सिंहले घटनामा २२ जनाविरुद्ध किटानी जाहेरी परेको र दुईजना पक्राउ परिसकेको बताएका थिए । ‘यो विशुद्ध आपराधिक कारण भएको घटना थियो’, उनले भनेका छन् ।

नेपाल  प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले उच्च व्यवसायिकताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सम्पूर्ण प्रहरी अधिकृत र जवानलाई पनि प्रधानमन्त्री देउवाले बधाईं भनेका थिए ।                                                                           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै