१४ मंसिर , काठमाडौँ । काठमाडौँ महानगरपालिका सुकुम्बासी समस्याबारे सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने भएको छ ।
महानगर मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ । आज बिहान सबै वडाध्यक्षहरूसँग बैठक बसेको र अब सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने निर्णय भएको प्रवक्ता मानन्धरले बताए ।
महानगरविरुद्ध उपत्यकाका सुकुम्बासीको आन्दोलन जारी छ । उनीहरूले बिनाविकल्प आफूहरूलाई महानगरले उठिबास लगाएको भन्दै डोजर चलाउन पुगेको टोलीमाथि ढुंगामुडा गरेका थिए । सुकुम्बासीको प्रतिरोधमा महानगरका ३६ जना नगरप्रहरी घाइते भएका थिए ।




