Comments Add Comment

Advertisment

SKIP THIS

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने

१६ मंसिर , काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

त्यसका लागि उनीहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाईको सिफारिसमा १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ । दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भई बनेका विद्यालयमा कम्तीमा तराईमा १८००, पहाडमा १२०० र हिमालमा ६०० विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गरिने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै