Comments Add Comment

Advertisment

SKIP THIS

दशैँको मुखमा मासु पसलेको घाँटी रेटेर ह’त्या

२५ असोज ,काठमाडौ । विर्तामोडमा गएराति एक व्यसायीको हत्या भएको छ ।

विर्तामोड नगरपालिका-५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रक़ुमार मगरको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मगर झापाकै अर्जुनधारा-६ कप्तानबारीका स्थायी बासिन्दा हुन्। पसलमै बसिरहेको बेला गएराति करीब ८ बजे उनको हत्या भएको प्रहरीको भनाई छ ।

मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो । मगरको हत्याराको पहिचान खुलेको छैन। घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment