Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण , एक जनाको मृत्यु

१६ मंसिर , काठमाडौं । अफगानिस्तानका पूर्वप्रधानमन्त्री गुलबद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब ए इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

हेक्मतयारलाई लक्षित गरी आक्रमण भएको बताइएको छ । स्थानीय टिभी च्यानलले हेक्मत्यारको नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणमा हेक्मतयार भने सुरक्षित छन् ।

उक्त शक्तिशाली विस्फोटमा उनका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको जनाइएको छ । विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै