Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको वुरुन्चुलीमा म्याराथुन दौड प्रतियोगीता सम्पन्न

२७ असोज , काठमाडौ ।  गोदावरी नगरपालिका वडा नम्बर ०७ देविचौर स्थित वुरुन्चुलीमा म्याराथुन दौड प्रतियोगिता उत्साहजनक तरिकावाट सम्पन्न भएको छ।

एग्री युथ क्लब (Agree youth club) को आयोजनामा विजया दशमी, शुभ दिपावली, तथा छठ पर्वको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ५० जना धावकहरुको सहभागिता रहेको थियो । तल्लो वुरुन्चुलि देखि जौबारी सम्म ७ किलोमिटर दुरीको यात्रा ३ मिनेटमा पूरा गरेर ४९ जना प्रतिद्वन्दीलाई सोम बहादुर कुमालले (गोरखाका) उछिनेर आफुलाई प्रथम पुरस्कार को दावेदारको रुपमा स्थापित गरि ट्रफि,मेडल, नगद रु १०,००० हजार ,प्रमाण पत्र प्राप्त गर्न सफल भएका थिए।

त्यस्तै ३२मिनेटमा निश्चित गन्तव्यमा पुगेर गोदावरी नगरपालिका बुरुन्चुलि ७ निवासी राजाराम तामाङले आफुलाई दोस्रो स्थान हासिल गरि मेडल,नगद रु ६ हजारका,साथै प्रमाणपत्र हात पार्न सफल भएका थिए। त्यस्तै बाग्मति गाउंपालिका छपेलि निवासी समुन्द्र खड्काले३३ मिनेटमा सफलतापुर्बक गन्तव्यमा पुगेर नगद रु ४००० चार हजार ,मेडल, प्रमाण पत्र प्राप्त गरेका थिए ।

सान्त्वना देखि क्रमश दश उत्कृष्ट धावकलाई प्रमाण पत्र वितरण गरिएको थियो। क्षेत्र नम्बर १ माननीय सांसद नमराज सिल्वालको प्रमुख आतिथ्यतामा संचालन गरिएको उक्त प्रतियोगितामा गोदावरि नगरपालिका वडा न ७ का वडा अध्यक्ष गिरी प्रसाद तिमल्सिना विशेष अतिथि, त्यस्तै महिला वडा सदस्य शान्ता तामाङ,वडा ६ का वडा सदस्य गम्भीर बहादुर राणा,लक्ष्मण बजगाई तथा अन्य अतिथिहरु हुनुहुन्थ्यो ।

त्यस्तै संस्थाको प्रमुख सल्लाहकार ,फाउन्डर तथा कार्यक्रम को व्यवस्थापक कृष्ण तामाङ पनि अतिथिका रुपमा हुनुहुन्थ्यो । कार्यक्रम मा सम्भाव्यता भएको तर अवसर नपाएर प्रतिक्षा गरेर बसेका धावकहरुको ईच्छाशक्तिलाई साकार बनाउने उद्धेश्यले बिगत केही वर्ष देखि आफ्नो क्षेत्रमा दौड प्रतियोगिता संचालन गर्दै आएको कुरा संस्थाको अध्यक्ष तथा कार्यक्रम सभापति सुमन सिंह मार्पाले बताउनु भयो।

क्लब ले सदैव समाजमा हरेक समस्या समधान का लागि सकारात्मक भुमिका निर्वाह गर्ने र गर्दै आहेको कुरा समेत कार्यक्रममा उहांले व्यक्त गर्नु भएको थियो ।

यसलाई बिस्तारै बिस्तारै देशव्यापी रुपमा संचालन गर्नको लागि हर्दम सक्रिय रहने कुरा समाजसेवि कृष्ण तामाङ ले बताउनु भयो। विभिन्न फन्डबाट संकलन गरेको नगदलाई क्लबले दिन दुस्खि हरुको पिडामा धेरैलाई मलम पट्टि लगाउने कार्यमा प्रयोग गर्दे आईरहेको छ ।आकस्मिक भईपरि आउने घटना हरुमा पनि धेरै सहयोग गर्दै आएको र आगामि दिनहरुमा आफ्नो सेवाभाव को दायरा अझ धेरै फराकिलो बनाउने कुरा पनि तामाङ ले हामीलाई बताउनु भयो।

आगामी वर्ष पनि फुलपातिकै दिन दौड प्रतियोगिता हुने र यसका लागि अहिले देखि नै तयारी अवस्था मा रहन समेत खेलाडी (धावक )हरुलाई आह्वान गरिएको छ ।

तामाङ पछिल्लो समय स्थानीय स्तरमा समाज परिवर्तन को लागि युवाहरू सङ्ग हातेमालो गर्दै समाजमा विभिन्न कार्यक्रमहरु गर्दै सचेतना जगाउन र समाज सकारात्मक परिवर्तन को लागि अहोरात्र लागि परेको कुरा समेत बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै