Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपा मकवानपुरका सभापति न्यौपानेमाथि कांग्रेससँग सेटिङ गरेको आरोप

१८ मंसिर , काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति राजकुमार न्यौपानलाई कारबाहीको माग गर्दै ४७ जना नेता कार्यकर्ताले उजुरी दिएका छन् । उनीहरुले न्यौपानेलाई कारबाही नगरे आफूहरु पार्टी नहरने चेतावनी समेत दिएका छन् ।

समापति न्यौपानेमाथि चुनावमा कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको उनीहरुको आरोप छ । सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर–१ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वसहित पार्टीका ४७ जना नेता–कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाएको हो ।

न्यौपानेले स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका वागमती प्रदेश सभापति एवम् क्षेत्र नम्बर २ ‘२’का उम्मेदवार इन्द्रबहादुर बानियाँको घरमा गएर विभिन्न प्रलोभनमा पारेको पत्रमा उल्लेख छ । सेटिङबारे आफूहरूसँग प्रमाण रहेको र प्रमाणसहित केन्द्रीय समितिमा इमेल गरिएको सुरेशले दावी गरेका छन् ।

सभापति न्यौपानेले अन्य पार्टीको उम्मेदवारको घरमै पुगेर आफूहरूको समानुपातिक उम्मेदवारलाई चुनावको तीन दिनअघि भेटाउँदा क्षेत्र नम्बर २ मा प्रत्यक्ष उठेका भरत पराजुली पराजित भएको सुरेशको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै