Comments Add Comment

Advertisment

SKIP THIS

क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

२० मंसिर , काठमाडौँ । क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरको छ । सोमबार भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

क्रोएसियाका लागि निकोला भेलासिक, मार्केलो ब्रोजोभिक र मारियो पेसालिकले गोल गरे । मार्को लिभाजाले पोनाल्टी मिस गरे । यता जापानका लागि ताकुमा सानोले गोल गेरे भने माया योसाइद, काउरुद मिटामा र मिनामिनोले मिस गरे ।

यसअघि अल जानुब स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै