Comments Add Comment

Advertisment

SKIP THIS

पुष्पा न्यौपाने आत्महत्या प्रकरण : ‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

२१ मंसिर , काठमाडौँ । ‘तिमीसँगै हाँसीखुसी जीवन बिताउँछु, सुख–दु:खको साथी बन्छु, केही गरी तिमी मर्‍यौ भने म पनि सँगै मर्छु’ भन्थे पुष्पा न्यौपानेका प्रेमी सुदन सङ्ग्रौला।

दरबारमार्गस्थित आफ्ना अभिभावकले खोलेको ‘केल्मी नेपाल’ (कपडाको ब्रान्ड)को शोरूम हेर्थिन २७ वर्षीया पुष्पा। सुदन सङ्ग्रौलाको न्युरोडमा पसल थियो। चीनमा रहेका सुदन कोरोना महामारीपछि स्वदेश फर्किएका थिए। सपिङको लागि दरबारमार्गस्थित केल्मीको शोरुममा जाँदा सुदनले पुष्पासँग भटेका थिए।

कपडा किन्दा मूल्यमा बार्गेनिङ गर्ने क्रममा आफ्नो पनि न्युरोडमा पसल रहेको सुनाए। त्यही दुवैबीच चिनजान भयो। दुवैले एक-अर्काको फेसबुक आइडी लिएर साथी बने।

नुवाकोट पुर्ख्यौली घर भएको पुष्पाको परिवार बानेश्वर बस्थ्यो। व्यापारिक पृष्ठभूमिका उनको परिवारले यतै घर बनाइसकेका थिए। सुदन सङ्ग्रौला झापाका थिए। उनको परिवार पनि यतै धुम्बाराही बस्थ्यो। पुष्पाले ६ महिनाअघि मात्रै किङ्स कलेजबाट एमबीए सकेकी थिइन्।

सुदन धुम्बाराही घरबाट न्युरोड पसल जाँदा आउँदा बाटोमा पुष्पालाई भेटिरहन्थे। घरबाट पसल जाने बाटैमा पुष्पाको पसल भएकाले पनि भेट गर्न सहज थियो। अब उनीहरू फेसबुक साथी मात्र रहेनन्। भेटघाट बाक्लिँदै गएपछि बिस्तारै नजिकिँदै गए र प्रेम सम्बधमा बाँधिए।

सुदनसँग जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् पुष्पाले। सुदन पनि ‘तिमीबिना बाँच्न सक्दिन, हामीसँगै बाँच्ने, सँगै मर्ने’ भन्थे।

१७ मंसिरमा अचानक सुदनको परिवारले इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे। पुष्पाको परिवारले बुझ्दा केटाको (सुदन) अर्कैसँग प्रेम सम्बन्ध रहेकाले पुष्पासँगको सम्बन्ध तोडेको थाहा पाए।

प्रेम जीवन्त बनाउन उनीहरूले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे। दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गरर्‍याे। मन पराएको मान्छेलाई श्रीमानको रूपमा पाउने भएपछि पुष्पाको खुसीको सीमा थिएन।

दुवैको परिवारले गत १८ भदौमा सुदनसँग इन्गेजमेन्ट गरिदिए। तर, विवाहको मिति तय भएको थिएन। पुष्पाको परिवारले बिहेको मिति तय गर्न सुदनको परिवारलाई आग्रह गर्दैआएको थियो। तर, पछि-पछि भन्दै सुदनको परिवारले टार्दै आइरहेको थियो।

इंगेजमेन्टअघि केटा (सुदन) र परिवार सबैले राम्रो व्यवहार गरेका थिए । दुवै परिवारबीच आउजाउ समेत हुन्थ्यो । इंगेजमेन्टपछि पनि केही दिन आउजाउ चल्यो। तर, पुष्पा सुदनको घर जान छाडिन्। परिवारले सुदनको बारेमा कुरा गर्दा पुष्पा नसुनेझैँ गर्थिन्। परिवारले यसबारेमा खासै वास्ता गरेका थिएनन्।

शुक्रबार १७ मंसिरमा अचानक सुदनको परिवारले इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे। छोरीलाई टिकाटाला गरेको परिवारबाट अचानक बिहे नगर्ने भन्दै ‘फिर्ता आएपछि’ पुष्पाको बुबाआमा अचम्मित बने। ‘टिकाटाला गरिसकेपछि’ फिर्ता गर्नुको कारणबारे सोधियो। सुदनको परिवारले स्पष्ट जवाफ दिएन। ‘आफ्नै छोरी (पुष्पा)लाई सोध्नुस्। उनलाई थाहा छ,’ सुदनको बुबाले भने।

पुष्पाको परिवारले बुझ्दा केटाको (सुदन) अर्कैसँग प्रेम सम्बन्ध रहेकाले पुष्पासँगको सम्बन्ध तोडेको थाहा पाए।

‘‘हामीले कारण सोध्दा पनि पुष्पालाई थाहा छ भने। केही कारण नै नबताई सम्बन्ध तोडे, पछि थाहा भयो केटाको अर्कैसँग प्रेम सम्बन्ध रहेछ’’ पुष्पाका काका उत्तम न्यौपानेले भने।

अनि पुष्पाले आफैँलाई जलाइन्

इगेजमेन्ट तोडिएको भोलिपल्ट आइतबार साँझ पुष्पा सुदनको घर अगाडि गइन्। ‘ बिहे नगर्ने भए आफ्नो जीवनमा किन खेलवाड गरेको ? भावनामा किन चोट पुर्‍याएको भन्दै ?’ गुनासो राखिन्।

सुदनले पुष्पाको चरित्रमा प्रश्न उठाए। किनकि, उनलाई पुष्पाबाट छुट्नको लागि बहाना चाहिएको थियो। ‘सकेको गर्, मरे पनि मर्’ भन्दै सुदन घरभित्र छिरे। सुदनका व्यवहारबाट प्रताडित पुष्पालाई असह्य पीडा भयो।

पुष्पाले सुदनकै घर अगाडि आफ्नो शरीरमा पेट्रोल छर्किइन्। सुदनले घर माथिबाट सबै दृश्य हेरिरहे। सलाई कोर्दै पुष्पाले आफैँलाई झोसिन्। छिनभरमै आगोको लप्कोले पुष्पाको शरीर पूरै ढाक्यो। त्यो दृश्य हेरिरहेका सुदनलाई अलिकति पनि दया पलाएन।

पुष्पाको शरीरमा बलिरहेको आगो निभाउन सुदन गएनन्। बरु उनले पुष्पाको बुबालाई फोन गरेर भने ‘‘पेट्रोल कि के शरीरमा छर्केर पुष्पाले आफैँलाई आगो लगाइन्। छिटो आउनुहोला।’’ आगोको लप्काको पोलेर होला पुष्पा चिच्याउँदै सडकमा ढलिन्।

पुष्पाको शरीरमा बलिरहेको आगो निभाउन सुदन गएनन्। बरु उनले पुष्पाको बुबालाई फोन गरेर भने ‘‘पेट्रोल कि के शरीरमा छर्केर पुष्पाले आफैँलाई आगो लगाइन्। छिटो आउनुहोला।’’ पुष्पा चिच्याउँदै सडकमा ढलिन्।

‘‘झन्डै दशपन्ध्र मिनेटपछि छरछिमेकले थाहा पाए। त्यतिबेलासम्म पुष्पाको शरीरभरि आगोले पोलिसकेको थियो। छिमेकीले पुष्पाको उद्धार गरे। नजिकै सामान्य औषधि पसल पनि थिएन। कहाँ लैजाने भन्दै अस्पतालको खोजी भयो,’’ सुदनको एक छिमेकीले नेपालभ्युजसँग भने।

ट्याक्सी बोलाएर पुष्पालाई महाराजगञ्जथित त्रिवि शिक्षण अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइयो। त्यहाँ उपचाररत पुष्पको सोमबार बिहान निधन भयो।

‘‘चाहेको भए सुदनले पुष्पालाई आत्मदाह गर्नबाट रोक्न सक्थे। तर, उनले ‘जे गर्छेस् गर्’ भनेर उल्टै दुरुत्साहन गरिरहे। सुदनलाई पुष्पाको मायाको गुण तिर्ने तरिका अचम्मको देखियो। ज्युँदै आगोमा जलेको टुलुटुलु हेरिरहे।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले सुदनलाई पक्राउ गरेको छ। अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चक्रपथका डीएसपी अङ्गुर जीसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै