Comments Add Comment

Advertisment

SKIP THIS

उषा राईको हत्या आरोपमा संलग्न ४ जना महिला सार्वजनिक 

२१ मंसिर , काठमाडौँ । धरान उपमहानगरपालिका-१३ कि एकल महिला उषा राईलाई कुट पिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मुख्य आरोपी धरान-१३ सूर्यमार्गकी उर्मिला राई, सुमित्रा राई, धरान-१७ कि सुशेली राई र रत्न लिम्बू रहेका छन् ।

उनलाई मंसिर १५ गते पक्राउ गरी १० दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये सुमित्रालाई मंसिर १६ गते र सुशेली र रत्नलाई मंसिर १८ गते पक्राउ गरिएको थियो ।

उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै