Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा महिला अधिकृतको उपस्थिती बढ्दो

२३ मंसिर , काठडमाडौं । पछिल्लो समयमा नेपाल प्रहरीमा महिला प्रहरी अधिकृतको संख्या बढ्दै गएको छ । यस वर्ष खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा १७ जना महिला अधिकृतले प्रवेश गरेका छन् ।

२०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र खुलातर्फ ३५ जना गरी कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका छन् । जसमा १७ जना महिला छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उनिहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

सुरक्षा निकायमा अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनमा महिला अधिकृतहरुको भूमिका उच्च रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै