Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको ज्याठाबाट हराइरहेको गणेश भगवानको नृत्यरत अमेरिकाको सान फ्रान्सिस्कोमा

६ कार्तिक , काठमाडौ । कीर्तिपुरको बाघभैरव मन्दिरबाट हराएको गणेशको प्रस्तर मूर्ति अमेरिकाको सान फ्रान्सिस्कोस्थित निजी संग्रहालय जानडु ग्यालरीमा फेला परेको छ ।

नेपाली कला सम्पदाको पहिचान तथा घरफिर्ती अभियानको सहयोगी लस्ट आर्टस् अफ नेपाल अभियानले दिएको सूचनामा, फेला परेको गणेश मूर्तिलाई १७ औं शताब्दीको सिर्जना मानिएको छ ।

यही ग्यालरीमा गत साता मात्रै काठमाडौंको ज्याठाबाट हराइरहेको गणेश भगवानको नृत्यरत मुद्राको टुाडाल फेला परेको थियो । सन् ८० को दशकमा ज्याठाको छुस्या बहालबाट चोरी भएको टुाडाल जानडु ग्यालरीमा फेला परेको हो ।

यसैगरी, गत साता मात्रै यही ग्यालरीमा पाटनको गुइत टोलको बौद्ध बिहारबाट हराइरहेको भगवान बुद्धको प्रस्तर मुर्ति फेला परेको थियो । नवौं शताब्दीमा निर्माण भएको मानिने अक्षोभ्य बुद्धको मूर्ति पनि पाटनबाट सन् ८० को दशकमै हराइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै