Comments Add Comment

Advertisment

SKIP THIS

बाँके जमुनाह प्रहरीले खैरो हिरोईनसहित एक जना युवक सिमानाकाबाट पक्राउ

२४ मंसिर , काठमाडौं । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट नेपाली एक युवक १० ग्राम खैरो हेरोइन सहित रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ने ग उप म न पा १७ नदैगाउँका २५ वर्षीय पप्पु रैदास रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई माधव रिजालले जानकारी दिनु भयो ।

वरिष्ठ सई रिजालका अनुसार पप्पु रैदास भारतबाट नेपाल आउदै गर्दा जमुनाहा चेक पोस्टमा चेकजाँच गर्ने क्रममा कालो प्लास्टिक भित्रबाट १० ग्रामको खैरो हेरोइन फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् ।

पक्राउ परेका पप्पुलाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने कानुनी सजाय हदैसम्मको हुने जमुनाह प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै