Comments Add Comment

Advertisment

SKIP THIS

माछापुच्छ्रेका नवनियुक्त अध्यक्ष डा. महतोले लिए शपथ

२६ मंसिर , काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको २०७९ मंसिर १२ गते सोमबार बसेको ४७२औँ सञ्चालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा. महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै