काठमाडौं तार्केश्वर नगरपालिका वडा नम्बर तीन निवासी सबिन फुयाँलको घटनामा मृत्यु भनिएकाको तर योजनाबद्द तरीकाले हत्या भएको खुलेको छ ।
काठमाडौं तार्केश्वर नगरपालिका वडा नम्बर तीन निवासी सबिन फुयाँलको २४ गते राती धर्मस्थली सानो बाईपास-चिसापानी सडक खण्डमा दुर्घटनामा परि ज्यान गुमाएका भनिएका मृतकको घटना अध्यनपछि वास्तबिकता खुल्न आएको छ।
निर्माणसामाग्री बोक्ने ट्रकले बाईकमा सवार भएका सबिनलाई ठक्करदिदा खुट्टामा चोट आएपछि ट्रक ड्राईभर र ड्राईभरका ट्रकमा सवार ८ साथीहरुमिली घाईते सबिनलाई त्यहि नजिक रहेको बालुवाको थुप्रो नजिक तानेर ट्रकमा निर्माण सामाग्री भर्न र झार्न प्रयोग गरीने सामान “साबेल” प्रयोग गरी कुटपिट गरी घाटि रेटेर योजनाबद्द तरीकाले हत्या गरीएको खुल्न आएको छ।
घटनामा दोसी भनीएको ८ मध्य ७ फरार रहेको र एक जनालाई प्रहरीले पक्राऊ गरेको छ र सो ब्यक्तिले मैले मात्र हत्या गरेको हो भनी स्विकार गरेको अभिब्यक्ति दिएको भन्ने कुरा पिडित पक्षले बताएको छ। पिडित पक्षले घटनामा संवन्धित सबै दोशीलाई कारबाहिको माग गर्दै हिजो र आज पनि घटना स्थलवरपर धर्ना दिएका छन्। 
यसै सिलसिलामा पिडित पक्षले प्रहरीले घटनामा संबन्धित ट्रकलाई नियन्त्रणमा लिन खोज्दा ट्रकमाथी तोडफोड गरीदिएका छन भने प्रहरी र पिडित पक्षविच झडप समेत भएको बताईएको छ। घटना स्थल वरपर र बालाजु प्रहरी बृत्तमा न्याय माग्दै पिडित पक्षको ऊल्लेखीय भिड देख्न सकिन्छ भने स्थिति अझै तनावग्रस्त रहेको छ । 





