
१० कार्तिक ,काठमाडौ । बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार जरिवामा गरिएको छ ।

उक्त मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो । टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो । सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दावी गरिरहेका थिए । तर कराई चुलामा तातिरहेको अवस्थामा थियो ।

मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको थियो । फ्रिजमा राखिएका करीव १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो ।

आजै अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको थियो भने म्याद सकिएका बेसनका बोराहरु थिए । मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड डिङ्सको म्याद सकिएको थियो । भण्डार सञ्चालकले चामल खरिद विल देखाउन सकेनन् ।
त्यसपछि अनुगमन टोली उनले चामल खरिद गरेको बत्तीसपुतलीस्थित बालाजी ट्रेडर्समा पुगेर चामलको म्याद जाँच गरेको थियो । त्यहाँ भएका बोरामा पनि उत्पादन र उपभोग्य मिति नदेखिएपछि आयातकर्ताले दिएको विलविजकसहित कार्यालयमा उपस्थित हुने गरी छोडिएको छ ।
त्यस्तै मंगलवार पनि महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई २० हजार रुपैयाँ र ताज वेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

कारवाही गरिएको ताज वेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेन ।
बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम थिए । त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरियो । महाराजगञ्ज चोकैमा रहेको प्रिया स्वीटको भान्छा अँध्यारो र फोहोर थियो ।
म्याद सकिएका रङ् र मसलाको प्रयोग भइरहेको थियो । त्यहाँबाट भुजिया, सनपाप्रीलगायत म्याद गुज्रिएका खाद्यबस्तु जफल गरिएको थियो ।
काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेकाले जरिवाना गराएको हो ।
त्यस्तै अन्य केहीलाई सुधार गर्ने समय दिएको छ ।
मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएको छ ।




